images

गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ तोकियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य तोकेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले गहुँको समर्थन मूल्य कायम गरेर स्वीकृतिका लागि पठाएकामा बिहीबारको मन्त्रिपरिषद्ले मूल्य तोकेको हो।

सरकारले यो वर्षका लागि गहुँको प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ।

गहुँको प्रतिकेजी मूल्य न्यूनतम ३३.५१ रुपैयाँ कायम हुनेछ। सरकारले गहुँको समर्थन मूल्य तोक्न ढिलाइ गर्दा किसानको उत्पादनले लागतअनुसार बजार पाउन सकिरहेको छैन।