images

टेकु अस्पतालबाट दिंदै आएका सेवा विस्तार गर्नुपर्नेमा मन्त्री कार्कीको जोड

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनानब्बेऔँ वार्षिकोत्सव मनाएको छ । टेकुस्थित अस्पताल प्राङ्गणमै एक विशेष कार्यक्रमको आयोजना गरी अस्पतालले वार्षिकोत्सव मनाएको हो ।

अस्पतालको उनानब्बेऔँ वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्यमन्त्री पदम गिरीले गूणस्तरी स्वास्थ्य सेवा आफ्नो लक्ष्य रहेको बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्नु आफ्नो दायित्व रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरुवा रोगसम्बन्धी सेवा देशका सबै भागमा विस्तार गर्नुपर्ने बताउनुभयो । सबै प्रदेश, जिल्ला र नगरपालिका, गाउँपालिकामा समेत सेवा पुर्याउनुपर्नेमा उँहाको जोड थियो ।

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाउँदै आएको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

बिगत तीस वर्षदेखि निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान र अवकाश पाएकाहरुलाई बिदाई गरिएको थियो । उनीहरुले सेवा गर्न पाएकोमा खुसी र उचित सुविधा नपाएकोमा असन्तुष्टि जनाएका थिए ।

मौसमी संक्रामक रोगहरूको निदान र उपचारमा पनि यस अस्पतालले प्रमुख भूमिका निभाउँदै आइरहेको छ ।

शुक्रराज अस्पताललाई २१ औं शताब्दीमा देखिने तीव्र गतिमा फैलन सक्ने घातक संक्रामक रोगहरूको चुनौतीको सामना गर्न सक्षम अस्पतालको रूपमा विकास गर्न ’रोड म्याप’ नै बनाउन अति आवश्यक भइसकेको छ । किनभने जबजब महामारी फैलन्छ तबतब सर्वसाधारण मात्र नभई सरकारको पनि आशा र भरोसाको केन्द्र टेकु अस्पताल नै रहँदै आइरहेको छ र भविष्यमा पनि हुनेछ ।