images

दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक सवा १२ बजेका लागि बोलाइएको छ ।

दुवै बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।  राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।