images

दुहुँ गाउँपालिकामा मसानघाट जाने बाटो नहुँदा मलामीलाई समस्या

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर( १ मा रहेको भाडी बस्कोटको मसानघाट जाने बाटो बिग्रिदा मलामीलाई हिँड्न समस्या भएको छ ।

स्थानीय कालागाड खोलामा २०७८ सालमा आएको बाढी र पहिरोको कारण पुरानो बाटो भत्किएपछि मलामी जान समस्या भएको दुहुँ गाउँपालिका–२ हिकिलाका स्थानीय प्रेमराज जोशीले बताए ।

पुरानो बाटो बाढीले बगाएपछि मलामीहरूलाई हिँड्न समस्या भएको उनले बताए । भाडी, बस्कोट श्मशान घाट स्थित दुहुँ गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का मरेका मानिसहरूको दाह सस्कर गर्ने ठाउँ हो ।

२०७८ साल भदौ १३ गते रातीको विनाशकारी बाढी र पहिरोबाट प्रभावित बनेको भाडी बस्कोट श्मशान घाट सम्मको बाटो र लासलाई चिता दिने ठाउँ उपयुक्त नहुँदा समस्या हुने गरेको बताइएको छ । उक्त बाटो निर्माणमा हाल सम्म स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।