images
images

नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइयो

काठमाडौं–नाट्यसम्राट बालकृष्ण समको १२२औं जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बुधवार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी समको स्मरण गरिएको हो । वरिष्ठ साहित्यकार बैरागी काईंलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्त प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताए । नेपाली सािहत्यलाई उन्नत गराउन मात्रै नभइ विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट सम, महाकवि देवकोटा लगायतको भुमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

समले नाटकमा मात्र सीमित नभइ कविता, काव्य र महाकाव्य विद्यामा पनि महत्वपूर्ण योगदान दिएका थिए । उनका नाटक विधाका रचनाका अतिरिक्त “मृत्युपछिको अभिव्यञ्जना” जस्ता कविता, “आगो र पानी” जस्ता काव्य, “चिसो चुल्हो” जस्तो महाकाव्य, “मेरो कविताको आराधना” जस्ता चम्पूकाव्य नेपाली वाङमयका सर्वकालिक निधि हुन् ।