 
                                काठमाडौं । सरकारको नीति तथा कार्यक्रम संशोधन दर्ता गराउने समय आइतकार (भोलि) दिउँसोसम्म छ। नीति तथा कार्यक्रममाथि सांसदहरूले शनिवार बिहान ११ बजेदेखि आइतबार ३ बजेसम्म संशोधन दर्ता गराउन सक्ने संसद् सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल गर्ने तय भएको छ। २८ गतेसम्म छलफल सकेर प्रधानमन्त्रीले जवाफ दिनेगरी कार्यतालिका निर्धारण भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते वार्षिक बजेट ल्याउँछ।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        




