जब सत्य जुत्ता लगाइरहेको हुन्छ, तब भूmट पूरा संसार परिक्रमा गरेर फर्किसकेको हुन्छ– मार्क टुवेन ।
‘धर्मराज’ युधिष्ठिरले गुरु दोर्णाचार्यलाई मार्न ‘नरो वा कुन्जरो वा, अस्वस्थामा हतो हत’ भन्दै अस्वस्थामा मरेको हल्ला चलाए । ‘सत्यवादी’ सूचनास्रोतको भनाइ प्रतिपक्षी सेनापति द्रोणले नपत्याउने कुरै भएन् । महाभारतको युद्धकथा भनेको कपट, झुट र षडयन्त्रका गाथा हुन् । त्यो अहिले दुनियाँमा चलेको ‘पोष्ट ट्रूथ’ शब्दको आदिकालीन प्रयोग र त्यसको उपयोगिता थियो । यदि धर्मयुद्ध भनिएको महाभारतमा कृष्णकपट हुँदैनथ्यो भने युद्धका परिणाम नै अर्कै हुन्थ्यो । हरेक धर्मका आदिग्रन्थहरु वा वैदिक साहित्य अर्थात शक्तिसाहित्य तर्क र तथ्य निषेध गर्छन् । त्यसैले यस लेखमा ‘पोस्ट ट्रूथ’लाई छलफलको विषय बनाइएको छ ।
[su_pullquote align=”right”]अहिले हल्ला उच्चप्रविधिबाट फैलाइन्छ र एकैछिनमा संसारभर फैलिएर भाइरल बनिसक्छ । कर्पोरेट मिडिया र पोस्ट ट्रूथकर्मी’लाई सत्य जे होस् त्यसको कुनै अर्थ रहँदैन्, जो उसलाई ठिक लाग्छ त्यही समाचार बन्ने गर्छ । कालान्तरमा कुनै घटनाले वास्तविकरुपमा देखिएपछि जनमानस त बनिसकेको हुन्छ, त्यसलाई नै उत्तर सत्य भनिन्छ ।[/su_pullquote]
पोस्ट ट्रूथ’ के हो ?
सन २०१६ मा संसारमै सर्वाधिक प्रयोग भएको शब्द ‘पोस्ट ट्रूथ’ भनेर अक्स्फोर्ड डिक्सनरीले घोषणा ग¥यो । भावना तथ्यभन्दा ठूलो भएर आशिंक सत्य, भ्रमित सत्य, काल्पनिक सत्यले जनमानस तयार गरिन्छ भने यसैलाई पोष्ट ट्रूथ भनिन्छ । यसले साधारण घटनालाई असाधारण बनाईदिन्छ र असाधारणलाई साधारण बनाउन बीचमा धुवाँको पर्खाल खडा गरिदिन्छ ।
एल्डस हकसले भन्छन्– अस्वीकार गरिदिने वित्तिकै तथ्यको अस्तिव मेटिदैन्’ तर ‘पोस्ट ट्रूथ’ जनमत निर्माण गर्न भावनात्मक अपील र निजी विश्वास वस्तुगत तथ्यभन्दा प्रभावी बन्ने अवस्था सिर्जना गरिदिन्छ ।
आक्रामक पुँजीवादले पछिल्लो कालमा भ्रमित राजनीति र घृणाको जनमानस तयार गर्न अनेकौ कलामय कुटीलताको प्रयोग गर्दै आयो । ‘पोस्ट ट्रूथ’ अर्थात् सत्योत्तर वा तथ्योत्तर युग हो, जहाँ निर्णय र बहसहरु तथ्यमा आधारित नभएर विश्वासका जगमा खडा हुन्छन् । हरेक विश्वासहरु नयाँ तर्क र नयाँ तथ्यले तोडिन सक्छन् वा अझ समृद्ध पनि हुन सक्छन् तर ‘पोस्ट ट्रूथ’को पैदा गर्ने विश्वास भनेको अन्धास्थामै हुने गर्छ ।
इराक अतिक्रमण र लिवियामाथिका हस्तक्षेप र सद्दाम हुसेन र कर्णेल गद्दाफीको हत्या पूर्व जे जस्ता हल्ला फैलाइएका थिए, इराकी र लिवियन प्रवासीहरुको जेजस्तो भूमिका थियो, पश्चिमा मिडियाले जे जस्तो भ्रमित समाचार फैलाए, ती सबै कालान्तरमा आत्मसमीक्षा गरिए पनि हुने÷हुनामी भइसकेको थियो, ‘पोस्ट ट्रूथ’ कै त्यो प्रयोग थियो । भारतमा मोदी–उदयकाल, युरोपियन संघबाट बेलायत बाहिरिनु र डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजय हुनु ‘पोस्ट ट्रूथकै’ उम्दा प्रयोग थियो । यसका नकारात्मक पक्षबारे स्वयम् ती देशहरुमा अहिले गम्भीर बहस र ठूलो चिन्ता छाएको छ । त्यसैले पनि यो शब्द अहिले सर्वाधिक प्रयोग भएको शब्द हो ।
संसारमा पुँजी र प्रविधिको घालमेलले जिन्दगीमा खुसी बेचेर सुख किन्ने अत्यन्तै व्यस्त एउटा शिक्षित रुढिवादी समाजको विकास हुँदैछ । किन र कसरी भन्ने तर्क गर्न उसँग फुर्सदै छैन् । त्यो हल्लामा, अन्धविश्वासमा बग्ने समूहमा फेरिँदै छ । त्यही कमजोर बिन्दुमा फर्जी सूचनाखेलमा फसेर मान्छे भावनामा बग्दै त्यसैको समर्थक बन्न पुग्छन् भलै त्यसमा तथ्यको घोर अभाव किन नहोस् । नयाँ प्रविधि र फर्जी तथ्यको प्रचार प्रसारले जनमतलाई प्रभावमात्र पार्दै छैन् भूmठ बोल्ने कलाको महारथ पनि बनाउँदैछ । अझ भावनामा खेल्न फर्जी राष्ट्रवाद, धार्मिक–अतिवाद र उग्र जातिवाद यसका मलिला भूमि बन्न पुग्छन् । घृणा नै यसको मेरुदण्ड हो । हीनताबोध र असुरक्षाको भय–सिर्जित राजनीति, अभाव, तनाव र अतितृष्णाले मान्छेलाई यसको सहजै शिकार बनाउँछ ।
मिडियामा ‘पोस्ट ट्रूथ’
मिडियामा जनसरोकारका विषय र गम्भीर मुद्दामा अधुरो खबर दिनु, समाचारलाई नै लुकाउनु, दवाउनु, फर्जी खबर गर्नु, सत्य र भूmठो समाचार एवम् विचारका बीच धुवाँको पर्दा लगाइदिने गर्छ । यसले एउटा सामान्य तथ्यलाई अतिरञ्जना गर्दै समाचार कोरल्नु, त्यसै काल्पनिकता र भूmटोलाई तथ्य बनाएर प्रस्तुत गर्दै योजनाबद्ध सक्रियताले समाजको सामूहिक विवेकमाथि मात्रै होइन, नैतिकताका स्थापित मान्यतालाई नै कमजोर बनाइदिन्छ । हामीले माथि केही राजनीतिक घटना, पात्र र प्रवृतिका कुरा ग¥योैँ । उनीहरुले झुटो बोले, तथ्यलाई तोडमरोड गरे, अंशमा खेलेर समग्रमा आक्रमण गरे र आम जनताको विश्वास आर्जन गरे, मिडिया त्यसैको बैशाखी बन्यो । मिडियाले छवि निर्माण र ध्वस्तमा सत्तासँग मिलेर पनि काम ग¥यो । समय बित्दै जाँदा त्यो सत्य सावित भएन तर विश्वासिलो तर्कको आँखा उघार्दासम्म बन्दुकबाट गोली छुटिसकेको थियो । धर्तीका स्वर्ग इराक र लिविया मसानघाट बनेका थिए, भारत धार्मिक फासिवादको अखडामा फेरिँदै गयो । जो आँखा भएका धृतराष्ट्रहरुले अहिले प्रष्ट देखेका छन् । इराकी अहमद चलावीहरु र लिवियन प्रवासी कसरी प्रयोग भएर आफ्नै जन्मथलोलाई महाचिहानमा फेरे भन्ने कुरा पश्चिमा मिडियाले फैलाएको ‘पोष्ट ट्रूथकै’ करामत थियो ।
‘पोष्ट ट्रूथमा’ सत्यको महत्व रहँदैन । मान्छेको भावना र विश्वास सर्वोपरी हुन्छ चाहे त्यो यर्थातसँग किन कुनै साइनो नै नभएको होस् । काल्पनिक सत्य र वास्तविक सत्यबीचको फरक नै मेटाइदिन्छ । नकार भावना विकास गर्छ । सामाजिक सञ्जालको प्रसारसँगै झुटो बोल्ने निम्नस्तरको कलामा पारङ्गत गरेर तथ्य, तरिका दुवैलाई नकार्दै घृणा नै मानवीय उर्जा बनाउन पुग्छ । काल्पनिक तथ्यलाई प्रोत्साहन गरेर प्रोपोगान्डालाई बढाउँछ ।
अहिले हल्ला उच्चप्रविधिबाट फैलाइन्छ र एकैछिनमा संसारभर फैलिएर भाइरल बनिसक्छ । कर्पोरेट मिडिया र ‘पोस्ट ट्रूथकर्मी’लाई सत्य जे होस् त्यसको कुनै अर्थ रहँदैन्, जो उसलाई ठिक लाग्छ त्यही समाचार बन्ने गर्छ । कालान्तरमा कुनै घटनाले वास्तविकरुपमा देखिएपछि जनमानस त बनिसकेको हुन्छ, त्यसलाई नै उत्तर सत्य भनिन्छ ।
हाम्रो अवस्था
सन १९९२मा सर्वियन–अमेरिकी दिवङ्गत नाटककार स्टेभ टेसिकले (क्तभखभ त्भकष्अज) पोस्ट ट्रूथ शब्द पहिलो पटक प्रयोगमा ‘सत्य अब त्यतिको प्रासङ्गिक रहेन्’ भनेता पनि हाम्रा कवि भूपी शेरचनले त यो हल्लै हल्लाको देश पहिल्यै नै भनिसकेका थिए । उनले त्यसै भनेका होइनन् । हल्ला कोरलिन्छ मात्र होइन, फैलाइन्छन् पनि । हल्ला फैलाउने सञ्जाल कस्तो चुस्त÷दुरूस्त र कलामय छ ! त्यसै अनुसारको जनमानस तयार गरेर भूमिकामै उतारिन्छन् । हल्लाको गन्ध सुँघेर स्थायी सत्ताको अन्तरहृदय बुझ्न सकिन्छ । ती संयोग वा भूलवस नभै योजनामै चालिन्छन् ।
अब झन् एउटा हल्ला कोरल्यो, त्यसलाई सामाजिक सञ्जालमा पोष्ट गर्यो, त्यसैलाई फैलाउने आईटी सेल तयार गर्यो, न्यूजमेकरले नै गलत तथ्य वा सत्यको अंशमा टेकेर आफ्नो मिसनमा पछुवा लगायो, फेसबुकिया समाज र जमाना त्यस्तालाई बाँदरलाई लिस्नु नै बन्दैछ, नै ।
सरकार बदलेको जो कसैले सहजै पचाउन सक्छ तर सत्ता परिवर्तनका अभ्यासलाई स्थायी सत्ता पचाउनै सक्दैन । त्यसका प्रभावहरु जनमानस निर्माण गर्ने मिडिया, साहित्य र वौद्धिक विमर्शमा पर्ने गर्छन् । विश्वासमाथिको प्रहार सहीनसक्नु हुन्छ, त्यसको प्रतिकारका लागि आवेग र आक्रोश उरालिन्छन् । ‘पोस्ट ट्रूथले’ अंश र सन्दर्भ त खोज्छ, त्यसमा टेकेर मनोमानी निष्कर्ष निकाल्न व्यक्तिसँग रहेका अन्तरनिहित आग्रह, कुन्ठा, प्रतिसोध, अपेक्षा, अभाव, तनाव र कामनाजस्ता मनोभावलाई जागृत गराएर सत्यसँग सरोकार राख्न दिँदैन । हल्लालाई सत्य मान्ने र सत्यलाई हल्लामा उडाईदिने काम मिडियाद्वारा गराइन्छ ।
त्यसको बाछिटा नेपालको शान्ति प्रकृयामा त देखिएकै थियो त्यसको उत्कर्ष भने संविधान सभाको चुनाव हुँदै पहिलो पटकको स्थानिय सत्ताको चुनावसम्म पुग्दा झन देखा परे । नेपाली मिडियाका अनुसन्धातालाई ‘पोस्ट ट्रूथको’ महत्वपूर्ण सन्दर्भ स्रोत भनेको भरतपुर क्यान्सर अस्पतालका डा.भक्तमान श्रेष्ठको अपहरण र त्यसको मिडिया रिर्पोटिङ बन्नेछ । एउटै व्यक्तिलाई २० औं पटक नकारात्मक कभरस्टोरी बनाएर आग्रह पस्कने हिमाल मिडिया होस् या एउटा आन्दोलनलाई नै विभत्स सौन्दर्यगाथा रच्ने कृतिलाई यो दुई दशकको अधिकांश साहित्यिक पुरस्कारको मानक बन्नु पनि ‘पोस्ट ट्रूथ’ नेपाली अभ्यास भनेर बुझ्न सकिन्छ । प्रयोगशाला प्रकाशन समय, अंशमा टेकेर समग्रमा आक्रमण अझ त्यसलाई माओवादी अध्यक्ष प्रचण्डबाटै बिमोचन गराएर सत्यापिद गराउन खोज्नु आफैँमा उम्दा ‘पोस्ट ट्रूथ’को प्रयोग थियो । आफ्नै आन्दोलनको विभत्स गाथाको कलामय ‘पोस्ट ट्रूथ’ प्रयोग बुझ्न नसक्नु माओवादीको मिडिया बुझाईको बबुरोपना अझ त्यहाँ देखियो । अंशमा टेकेर समग्र आन्दोलन र परिवर्तन माथि नै प्रहार गर्ने चाहे पुराना सत्ताधिकारीहरुका आत्मवृतान्त हुन्, चाहे ‘गम्भीर’ अध्ययनका बजारमा देखिने ‘व्यक्तित्वका’ कृतिको अन्तरवस्तु ‘पोस्ट ट्रूथ’ केन्द्रित रहे ।
सम्पन्न चुनावमा ‘मूलधारका’ मिडिया र सामाजिक सञ्जाललाई नियाल्दा नेपाली सूचना बजार र त्यसले पार्ने प्रभावबारे चर्चा आवश्यक हुन्छ । जे, जसरी यस चुनावमा हल्ला फैलाइए, त्यो अज्ञानता र असावधानीका कारणले भन्दा पनि योजनावद्ध अभियान थियो । यो नेपालमा एक्कासी आएको नभै सूचना र प्रविधिमा हैकम चलाएर राज्यसत्ता नै नियन्त्रण गर्ने खेलको अर्को नेपाली अभ्यास थियो ।
हामीले ‘मूलधारका’ मिडिया र सामाजिक सञ्जालमा प्रयोग भएका भाषा नियाल्यौँ भने थाहा पाउछौँ । भाषा पनि हित र उद्देश्य अनुसारका हुन्छन् । प्रतिरोधका भाषा, जिज्ञाशाका भाषा, नवउदारवादी भाषा, सामन्ती भाषा र जनवादी भाषा । भाषाका मर्यादा, सहमति र असहमतिका भाषा । सोचका निर्माण र सोचका विकास पनि सामाजिक अन्तरविरोध र आन्दोलनले तय गर्छ । हामीले अहिले बहस, समाचार, हल्ला र ‘पोस्ट ट्रूथ’को अभ्यास हे¥यौ भने अहिले पनि सामाजिक द्वन्द्व तीब्र छ भन्ने हुन्छ ।
कसरी चिन्ने ?
‘पोस्ट ट्रूथ’बाट कतै हामी प्रभावित त भएका छैनौ ! भनेर चिन्न प्रारम्भिक सूचना र विचारलाई केही धैर्यता र विवेकको कसी लगाउनु पर्ने हुन्छ । अहिले बजार मिडियाले पत्रकारिताका आधारभूत तत्व किन र कसरी भन्ने प्रश्नको उत्तर दिँदैनन्, त्यसबाट ओझेलिन चाहन्छन् । अझ तथ्यलाई या त ओझेलमा पार्छन् या त अंशमा टेकेर तर्क कोरल्छन् ।
त्यहाँ भने विवेक प्रयोग गर्नुपर्छ । अहिले इन्टरनेटमै धेरै सर्च इन्जिन छन् । त्यसमार्फत तथ्यको जाँजपड्ताल गर्न सकिन्छ । न्यूजमेकर र श्रोतव्यक्तिको विश्वसनीयता उसको पक्षधारिता र तत्कालीन भूमिकाले पनि खुट्याउन सकिन्छ् । हाम्रा सामाजिक संरचना अत्यन्तै जटिल छन् भने द्वन्द्वका घाउमा खाटा बसे पनि दाग भने अझै मेटिएका छैनन् । मन दुखेका छन् । त्यसलाई उक्साउने, बल्झाउने र त्यही चरमा खेलेर आवेगी जनमतमा रोटी सेकाउने पक्षसँग अकूत राजशक्ति, अतुलनीय साधन र स्रोत छन् । राज्यसत्ताको परिवर्तन विरोधीहरुलाई ध्रुविकरण गर्ने त्यतिकै महारथ पनि हासिल गरेका छन् । यसै आधारित द्वन्द्व व्यवसायको अन्तरनिहित पक्ष मिहिन पाराले अध्ययन गर्नुपर्ने हुन्छ । तथ्यपरकता, अन्तरदृष्टि, गम्भीर र गहिराईपूर्ण अध्ययन, संवेदनशीलताका साथै कुनै पनि विषयको सच्चाई किन र कसरी भन्ने प्रश्नको उत्तरको जवाफ खोजियो अर्थात आवेग र विश्वास माथि तर्क र तथ्यको उत्तर खोजियो भने ‘पोस्ट ट्रूथ’को शिकार बन्नु परोइन । हरेक मुद्दाभित्र समाजमा व्याप्त अन्तरविरोधको कडी पक्रिनु आवश्यक हुन्छ । समाचार स्रोतकै विभाजनसँगै यस्तो समाज बनिसकेको छ कि जहाँ झुट, हल्ला र गफ तीब्र गतिले फैलिरहेका हुन्छन् । एउटा सिमेन्टेड विश्वास भत्काउन थाल्दा खण्डन गर्ने प्रमाण सामने तथ्यलाई नदेखेको झै गर्न पुग्छन् ।
विकल्प के त ?
चुप रहनु विकल्प होइन् । हरेक रोगको इलाज हुन्छ, हरेक समस्याको विकल्प पनि हुन्छ । वास्तवमै सोभियत रुसको पतनपूर्व पुँजीवाद चोरजस्तै लजाएर काम गथ्र्याे तर सोभियत रुसको पतनपछि भने पुँजीवादले घोषणा गर्न पुग्यो कि ऊ भन्दा अब समाजमा कुनै विकल्पै छैन । तब मिडियामा कन्टेट प्रोभाइडर देखिए । सूचना साम्राज्य फैलाएर मिथ्या सोचले जगतराज हुनसक्छ भन्ने कर्पोरेट राजनीतिले रणनीति बनायो । आखिर त्यसको शिकार त्यही देशका असल मान्छे पनि परे जो कर्पोरेट प्रपञ्चको विरोधमा पहिल्यै उभिएनन् । अरुलाई खाने बाघले मलाई पनि खान सक्छ भनेर चिन्तित बनेनन् ।
‘पोस्ट ट्रूथ’बाट जोगिन आधिकारिक व्यक्ति वा जिम्मेवार राजनीतिक नेतृत्वले खण्डनको भाषा खोज्नुपर्छ र जिम्मेवार मिडियाले त्यसलाई पछ्याउनु वा प्रश्न तेस्र्याउने हैसियतमा आपूmलाई विकास गर्न सक्नुपर्छ । आपनै पूर्वगल्तीलाई स्वीकारेपछि मात्र स्रोतव्यक्तिको विश्वसनियता बढ्न सक्छ । सत्यको पक्षमा शक्तिशाली तागत हुन्छ नै । छेपाराझै रङ्ग बदल्ने नेता र स्रोतव्यक्तिप्रति खण्डनभाषाको हतियार फेसबुक, टुईटर र युट्यूवबाट सशक्त प्रतिकार गर्न सकिन्छ । हरेक सङ्गठनमा आलोचनात्मक चेतलाई प्रोत्साहन गर्नुपर्छ,। अज्ञानताले संसारमा कसैलाई सहयोग गरेको छैन् भनेर सिर्जनात्मक आलोचनाको रक्षा र प्रोत्साहन हुनुपर्छ । तर, दुर्भाग्य यहाँ त माओकै भाषामा भन्नुपर्दा ‘बन्दुकका गोलीले नढलेकाहरु नै चास्नी लागेका गोलीले (उपभोक्तावादका आक्रान्तहरु) ढल्न पुगे’ । त्यसैले मनोयुद्ध र ‘पोस्ट ट्रूथ’को सशक्त प्रतिकार गर्ने नैतिक साहस र पुँजी नभएको हो । अझ सामन्ती संस्कृतिले कुनै सङ्गठन वा नेतृत्वमा गाँजेको छ भने प्रश्न, जिज्ञाशा र त उसलाई काउसो नै बन्ने गर्छ ।
यदि सरकारी र दरवारी बन्नु छैन् भने प्रतिरोधी क्षमता विकास गर्न ज्ञानका क्षितिज पनि चौडा पार्नुपर्छ । जनतालाई भीडमा फेर्ने दुनियाँमा भएका अभ्याससँग पनि सरोकार राख्नुपर्छ । समाचारगृहहरु विकाउ मालका पसल बन्दै गएका र सत्य र असत्यको घालमेलबाट उत्तेजित जनमानस तयार गर्ने थलो बन्दै गएका छन् । सूचना र ज्ञानमाथिको नियन्त्रण गर्ने कर्पोरेट मिडियाको अन्तरवस्तु बुझेर त्यसैले जनमानसमा मिथ्याचेत फैलाउन मिडियामा चल्ने फेक न्यूज, प्लान्ट न्यूज, क्रसमिडिया होल्डिङ, नत्थी मिडिया, मिडिया–असहिष्णुता, प्रोपोगन्डा, विज्ञापन खबर, पेड न्यूज, मिडिया टाई, मिडिया नेट बुझ्नै आवश्यक हुन्छ । तीब्र भागदौड र अतिव्यस्त उपभोक्तावादी समाजमा त्यो धर्यता पाईदैन तर जिम्मेवार मिडियाकर्मी, राजनीतिक सकृयतावादी, सामाजिक आन्दोलनकर्ता र राजनीतिककर्मीहरुले भने त्यो जिम्मेवारी उठाउनैपर्छ ।
अहिले न्यूजमेकेर नै योजनाबद्ध भूmट फैलाएर सत्ता कब्जा गर्न चाहन्छन् भने प्रायोजित मिडियाले त्यसलाई हावा त दिन्छ नै । अझ छवी निर्माण कम्पनी, प्रोपोगन्डा, इमोसन लन्चिङ, जनसम्पर्क आदि नामबाट हुने ‘पोस्ट ट्रूथ’लाई प्रतिकार गर्न खण्डन भाषालाई सशक्त बनाउन आवश्यक छ । राजनीतिक रुपमा ‘पोस्ट ट्रूथको’ प्रतिकार सिद्धान्त र विचार सहितको चुस्त, दुरुस्त राम्रो सङ्गठन, कुशल कार्यकर्ता, आदर्श नेतृत्व, सही विचार आवश्यक हुन्छ । यसैले लोकमत निर्माण गर्छ ।
आक्रामक पुँजीवाद र कर्पोरेट राजनीतिको प्रमुख हतियार भनेको उपभोक्तावाद नै हो । त्यो मिडिया मार्फत लोभक्षेत्र (बििगचझभलत शयलभ)मा फसाईदिन्छ । त्यसको प्रतिकार पनि विचार सहितको राजनीतिले मात्र गर्नसक्छ । सूचना सम्राज्यवादसँग भिड्न वैकल्पिक मिडियालाई व्यापक प्रयोग गर्नुपर्छ । त्यसका लागि तथ्यमा आधारित तर्क, मिडियामा किन र कसरीका उत्तर खोज्ने र खण्डन भाषाको व्यापक उपयोग गरेर मात्र ‘पोस्ट ट्रूथ’ जस्तो भाइरल क्यान्सरबाट जोगिन सकिन्छ ।