काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा मंगलबार बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बीआरआई मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको र सत्ता साझेदार दुई दलबीचमा जुन समझदारी भएको छ त्यसले बीआरआईलाई निष्कर्षमा पुर्याउन भूमिका खेलेको एमालेको निचोड छ ।