images
images
images

प्रधानमन्त्रीलाई एमाले नेता रावलको प्रश्न, सचिव चलाउन नसक्नेले प्रधानमन्त्री भइरहनु उचित हुन्छ?

काठमाडौं। नेकपा एमालेका नेता डा भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कर्मचारी चलाउन नसकेको भन्दै आलोचना गरेका छन।

आइतबार नेता रावलले सामाजिक सञ्जाल ट्विट मार्फत प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका हुन। उनले लेखका छन, केही समय अघि कोही सेना विरूद्ध लागेको देखियो।अहिले कोही कर्मचारीतन्त्र र प्रक्रिया खारेज हुनुपर्छ भन्दै प्रशासनको विरोध गर्न थालेका छन्। प्रधानमन्त्री आफै सचिवले निर्देशन मानेन भन्नु हुन्छ।के कर्मचारी र प्रशासनिक प्रक्रिया नभएको कुनै देश छ र ? सचिव चलाउन नसक्नेले प्रमं भइरहनु उचित हुन्छ र?

पछिल्लो समय एमालेमा भूमिका विहिन भएका नेता रावल पार्टी र सरकारका विषयमा सामाजिक सञ्जाल मार्फत कटाक्ष गर्दै आएका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS