images
images

बागमतीका सभामुखलाई मुख्यमन्त्रीको विश्वासको मत फेल गराउन दबाब

काठमाडौं– बागमती प्रदेशका सभामुख भुवन पाठकले प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको दाबी गरेका छन् ।

चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रियामा उनले आफूलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरुबाट दबाब आएको बताए । गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दबाब आएको तर आफू उक्त दबाबबाट प्रभावित नहुने उनको भनाइ छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS