images
images
images

बालकुमारी घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगमा पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य छन् । आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS