images
images

बुढाथोकीको निधनमा कांग्रेसकाे पूर्व निर्धारित कार्यक्रम स्थगित,पार्टीकाे झण्डा तीनदिनसम्म आधा झुकाउने

काठमाडौं–नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार विहान विहान बसेको कांग्रेस कार्यसमितिको आकस्मीक बैठकले घ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बुढाथोकीको स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने छ ।

हेर्नुहाेस् निर्णय सहित

May be an image of text