images

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले मूल्य नघटाउने

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन(तीन रुपियाँ मूल्य बढाएको थियो।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने भएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।