images

मधेश प्रदेशका शिक्षामन्त्री सहितका चार सांसदमाथि प्रहरीको लाठ्ठी चार्ज

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको दुस्मनीको मधेश प्रदेशमा छर्लङ्ग हुने गरि देखिन थालेको छ ।

सप्तरीको राजविराजमा मधेस प्रदेश सरकारले बुधबार कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दैछ। शिलान्यासमा प्रमुख अतिथिका रूपमा जसपा अध्यक्ष यादव बोलाइएपछि मंगलबार नै जनमतका कार्यकर्ता विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

जनमतले विश्वविद्यालयलाई पार्टीकरण गरेको मात्रै आरोप लगाएको छैन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमै भ्रष्टाचार गरेको भन्दै छानबिनको मागसहित उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ।

तर सोमबार दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा झडप भएको छ ।‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित जनमतका नेता कार्यकर्ताहरू स्वागतमा बसेपछि प्रहरीले बल प्रयाेग गरेकाे थियाे ।

जनमतका अध्यक्ष राउतले ‘द्वन्द्वउद्यमी’ प्रमुख अतिथि भएर भवनको शिलान्यास गर्न लागिएको बताएका छन्।

जनमत पार्टीकाे प्रदर्शनका क्रममा प्रहरीको लाठ्ठी चार्जबाट मधेश प्रदेशका शिक्षामन्त्री एवम् जनमतका सांसद महेश प्रसाद यादव, सांसदहरु सतिश कुमार सिंह, भाग्यश्री चौधरी, रंजु खंग सहित घाइते भएका छन् ।

शिक्षामन्त्री,सांसद र जनतामाथिमाथि प्रहरी र सेना लगाएर लाठी चार्ज गरी घाइते बनाएको भन्दै जनमत पार्टी अध्यक्ष डा सिके राउतले घटनाको भत्र्सना गरेका छन्। उनीहरू गाँधीवादबाट नै जबाव दिनुपर्ने भन्दै प्रमुख अतिथिको लालचीलाई स्वागत गर्न फूलमाला लिएर गएको उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले निर्वाचन आचारसंहिता विपरीत, शिक्षा मन्त्रालयको आधिकारिक निर्णय विपरीत, शान्ति सुरक्षाको विपरीत भएर पनि गैरकानूनी गैरवैधानिक कार्यक्रम स्थगन गर्नुको साटो प्रहरी प्रशासनले नै जबरजस्ती सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउन खोज्नु षड्यन्त्रपूर्ण भएको भन्दै प्रहरी प्रशासनको ध्याकर्षण समेत गरेका छन् ।