images

युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने

एजेन्सी । युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।

संघमा आबद्ध देशका विदेशमन्त्रीको भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो । युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० लाख युरो बराबरको सहायता प्रदान गर्न सङघ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बताए ।

संघले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली सङघ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ ।

पश्चिमा देशले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ ।

बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च सङ्घ संस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।।।