images
images

रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाण्डौ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो ।प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार उहाँ स्वतः निलम्बनमा परेको उल्लेख छ ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध आइतवार कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो । यस अघि सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS