images
images
images

राज्यबाट उपचारका लागि लिएको पैसा फिर्ता गर्ने रास्वपा सांसद साहको उद्घोष

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले उपचारको पैसा राज्यलाई फिर्ता गर्ने उद्घोष गरेका छन् ।रास्वपा सांसद अमिस साह लगायतले संघीय संसदबाट उपचारका नाममा रकम लिएको विवरण सार्वजनिक भएसँगै उनले फिर्ता गर्ने उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साहले भनेका छन,‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाँचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया इमानदारीपूर्वक पुरा गरेको हुँ । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद । भोलि बैंक स्टेटमेन्ट चेक गर्छु र ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुःख पनि अनेक छन् है । कुरो यत्ति हो। प्रश्नका लागि धन्यवाद ।’

सांसद साहले आफू रकम नलिएको बताएपनि ससद सचिवालयको रेकर्डमा भने उनले पैसा बुझेको देखाएको छ । प्रतिनिधिसभाको एक वर्षको अवधिमा ४२ जना सांसदहरूले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS