images

ल्होत्से मल लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । ल्होत्से मलमा सोमबार भएको लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

गृह सचिव बिनोद सिंहले मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्न निर्देशन दिएका हुन् । यातायात व्यावसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

त्यस्तै, ब्यवसायीहरुले ८ देखि १० करोडसम्मको मोबाइलहरु लुटिएको बताएका छन् । ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।