images

विवाह बारे बोले अभिनेता पल शाह

काठमाडौं । अभिनेता पल शाहले आफ्नो विवाहबारे भ्रामक हल्ला चलाइएको बताएका छन् । शुक्रबार स्पेस समाचारसँग कुरा गर्दै शाहले विवाहबारे चलेको हल्ला झुटो भएको बताएका छन् । विवाहबारे सामाजिक संजाल र संचार माध्यममा तथ्यहिन सामग्री प्रशारण भएको शाहले स्पष्ट पारेका छन् । ‘जिम्मेवार मिडियाले सचेतता अपनाउन जरुरी छ, यदि मेरो विवाहनै भए पनि यति सेक्रेट रहदैन’ उनले भने । यसअघि केही संचार माध्यमबार शाहको विहे माघमा महिना हुन लागेको हल्ला चलाइएको थियो ।