images

शहीद सप्ताहसुरु, पहिलो दिन शास्त्रीको सम्झना

काठमाडौं । आजबाट शहिद सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन शहिद शुक्रराज शास्त्रीको सम्झना गरिएको छ ।

शहिद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते टेकुको पचलीमा मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेबाट शहिद सप्ताह मनाउन थालिएको हो।

मुलुक र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो । माघ १० गतेदेखि विभिन्न कार्यक्रम गरेर शहिद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

साथै शहिद धर्मभक्त माथेमालाई १३ गते फाँसी दिइएको थियो । गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई भने शोभा भगवतीमा माघ १५ गते गोली प्रहार गरेर हत्या गरिएको थियो ।

चारै जनाको सम्झनामा शहिद दिवस मनाउने गरिएको छ ।