images
images

सिरहाको मिर्चैया नगरपालिकाबाटै राहदानी वितरण

सिरहा-सिरहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि नगरपालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो ।

नगरप्रमुख श्रवणकुमार यादवले पहिलो दिन मिर्चैया नगरपालिका- ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरेका हुन ।

यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको भन्दै सेवाग्राही खुसी भएका छन् । राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदन लगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुने नगरप्रमुख यादवले स्पेस समाचारलाई जानकारी दिए । सदरमुकाम सिरहा नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताए।

सेवाग्राहीहरुले घन्टौ लगाएर जिल्ला प्रशासन कार्यालय सिरहामा जाने आउने समय बढी खर्चिने गर्थियो ।मिर्चैया नगरपालिका मधेश प्रदेशमै पहिलो नगरपालिका हो जसले स्थानीय जनताको जनभावना बुझी काम गरेका छन।।