images
images

सिल गरेको पानीको बोतल भित्र किरा भेटिएपछि काठमाडौं महानगरपालिकाद्वारा एक लाख जरिवाना

काठमाडौं। सिल लगाएको पानीको बोतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।

गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रा‍.लिलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो । सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।

महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला–बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।