images

१ करोड मूल्य बराबरको सुन लुटेर भागेका लुटेरा सुनसहित पक्राउ

काठमाडौं, २९ माघ । थानकोट सतुंगलबाट करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार आज थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।

एक जना मंगलबार पक्राउ परेका थिए । पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो ।

उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।