images
images

२४ घन्टामा नेपालमा थपिए ८८४ संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार नियमित प्रेस ब्रिफिङ गर्दै साे जानकारी दिएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले प्रेस विफिङमा देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्। प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS