images

मर्जपछि सुरु भयो हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडको एकीकृत कारोबार

काठमाडौैं । हिमालयन जनरल इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्स लिमिटेड मर्ज भएका छन् । आइतबार एक समारोहकाबीच दुई बीमा कम्पनी मर्ज भएर हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । दुबै कम्पनीबीच २३ बैशाखमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने सहमति भएको थियो । बिमा समितिले असार ९ गते यी २ कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक दुई वटा बीमा कम्पनीले मर्जर भएर एकीकृत कारोबार शुरु गरेका छन । हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १८ करोड भन्दा माथि पुगेको छ ।

मर्जरपछि कम्पनीको अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह नियुक्त भएका छन् ।