images

नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीसहित ९ हजारको बिमा हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी गरी ९ हजार जनाको बिमा हुने जनाएको छ ।

त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनी बीच सम्झौता भएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी गराउनु भयो ।

बिमाको अवधि १ महिना रहेको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।