
काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडिआई शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गरेर लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।
भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् । भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन् ।
लिग-२ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।
नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।
नेपाली टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा