images
images

राष्ट्रिय खेलकुदलाई लक्षित गरेर एन्टिडोपिङ परीक्षण प्रशिक्षण

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भएको दुई दिने एन्टिडोपिङ परीक्षण प्रशिक्षण सम्पन्न भएको छ। नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यसपालि एन्टिडोपिङ परीक्षण हुनेछ।

ओलम्पिक कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा ३० जनाको सहभागिता थियो। त्यसमा चिकित्सक र नर्सले भाग लिएका थिए। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुँदैछ।

कार्यक्रमका अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालमा एन्टिडोपिङ परीक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउँदै यस प्रशिक्षणले त्यसको पूर्ति गर्न मद्दत पुग्ने बताए।

नवौं राष्ट्रिय खेलकुदका लागि चिकित्सक नविशमान सिंह प्रधानको अध्यक्षमा एन्टिडोपिङ कमिटी समेत गठन गरिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS