images
images

शरद ऋतुमा ७ सय ५८ आरोही हिमाल चढ्दै

काठमाडौँ । शरद ऋतुमा हिमाल आरोहणका लागि ७५८ ले अनुमति पाएका छन्।

पर्यटन विभागले ३१ हिमाल आरोहणका लागि ९५ टिमलाई अनुमति दिएको हो।

हिमाल आरोहणकालागि सबैभन्दा बढी मनास्लुमा धेरेले अनुमति पाएका छन्। शरद ऋतुमा ४०४ जना ले मनास्लु आरोहणका लागि अनुमति पाउँदा सगरमाथा आरोहणका लागि ५ जनाले मात्रै पाएका छन्।

सबैभन्दा बढी हिमाल आरोहण गर्नेमा अमादब्लामको लागि ५६, हिमलुङका लागि १३१, बरुत्से १७, धौलागिरिमा ३४ जनाले अनुमति पाएका छन्।

आरोहणमा ५९७ पुरुष र १८८ जना महिलाले आरोहणकालागि अनुमति पाएका छन्। पर्यटन विभागले हिमाल आरोहीबाट ६५ करोड ९९ लाख रुपैयाँ राजस्व उठाइसकेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS