images

रेडियोलोजिकल सोसाइटी बागमतीको अध्यक्षमा अमृत काफ्ले

काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशको अध्यक्षमा अमृत काफ्ले चुनिएका छन्। मंगलबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साह चयन भएका छन्।

समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी चयन भएका छन्।

अधिवेशनले डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

अधिवेशनको घोषणासभामा प्रमुख अतिथि स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले मेडिकल हबकोरुपमा विकास हुँदै गएको चितवनमा रेडियोलोजिष्टहरुको पेशागत सुरक्षा महत्वपूर्ण विषय भएको बताए। रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने रेडियोलोजिष्टको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा अन्यन्त न्यून रहेको उनले बताए।

भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका केशव भट्टले पालिकाहरुमा रेडियोलोजिष्ट दरबन्दी सिर्जना गर्नुपर्ने बताए।

नेपाल रेडियोलोजिकल सोसाइटी नेपाल भरिका सम्पूर्ण रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको छाता संगठन हो।

नेपालमा रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिष्ट गरी चार हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भइसकेका छन्।

देशभरिका सम्पूर्ण रेडियोग्राफी तथा रेडियोलोजी स्वास्थ्यकर्मीरुलाई एकतावद्ध गर्दै व्यावसायिकता प्रवर्द्धन, व्यावसायिक हकहितको सुरक्षा तथा सेवाको गुणस्तर एवं सेवाग्राहीको उपभोक्ता अधिकारको प्रवर्द्धन गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष काफ्लेले बताए। काफ्ले चितवनमा सामाजिक कामहरुमा पनि सकृय छन्।