
काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् ।
कार्यालयको अनुगमन गर्दै उनले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताए । सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध भएको गृहमन्त्रीको भनाइ छ । तत्काललाई भौतिक पुनःनिर्माण भन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण आवश्यक रहेको उनको जिकिर छ ।
उनले भने, ‘हामी नेपाली हाँै । यो हाम्रो मातृभूमी हो । जतिसुकै कठिन भएपनि हामीले व्यहोर्नैपर्छ । त्यहीबाटै उठ्ने हो । त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला । यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ । अव यसरी चाहीँ देशलाई नष्ट पार्ने काम चाहीँ कसैले गर्नुहुँदैन । जसले गरिरहनुभएको छ, यो चाहीँ बेठिक गर्नुभएको छ । यसमा त कुनै दुईमत छैन नी, यो संरचना ध्वस्त गरेको कुरा जसरी नी बेठिक भयो नी त । सार्वजानिक सम्पती, निजी सम्पती यो बेठिक भएको छ नी । त्यसकारणले हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ । फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाही हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरु छन् । अब यो चाहीँ पुनःनिर्माण त भौतिक पुनःनिर्माणको मात्रै कुरा नभएर अरु हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले ।’
गृहमन्त्री अर्यालले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी पनि दिएका छन् ।