images

दक्षिण कोरियामाथि ४-० गोल वर्षाउँदै ब्राजिल आठौंपटक क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियामाथि गोलको वर्षा गदैं क्वार्टफाइनलमा प्रवेश गरेको छ । ब्राजिल ४-१ गोलले क्वार्टफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ३६ मिनेटभित्रै ब्राजिलले कोरियाविरुद्ध ४–० को अग्रता लिएको थियो । त्यही अग्रता नै ब्राजिललाई जितको लागि महत्वपूर्ण सावित भयो । दोस्रो हाफमा भने ब्राजिलले गोल गर्न सकेन । दक्षिण कोरियाले दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

ब्राजिलका लागि खेलको सातौं मिनेटमा भिनिसियस जुनियर, १३ औं मिनेटमा नेयमार, २९ औं मिनेटमा रिचार्लिसन र ३६ औं मिनेटमा लुकास काकोइटाले गोल गरेका थिए ।

दक्षिण कोरियाका तर्फबाट भने खेलको ७६ औं मिनेटमा पाइक सेउंघोले गोल गरेका हुन्। डिबक्स बाहिरबाट उनले गरेको लामो प्रहार ब्राजिलका गोल रक्षकले रोक्न सकेनन्। क्वार्टफाइनलमा अव ब्राजिलको भेट क्रोएसियासँग हुनेछ ।

विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो ब्राजिल। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिल छैटौं उपाधिको खोजीमा छ।

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको थियो । १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो। त्यसयता उसले अन्तिम १६ बाट कहिल्यै बाहिरिनु परेको छैन ।

७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ। ५ पटक क्वार्टरफाइनजलबाट बाहिरिएको छ भने ३ पटक मात्रै समूह चरणबाट बाहिरिएको छ।

दक्षिण कोरिया १९५४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। त्यसपछि ७ वटा विश्वकपमा सहभागी नभएको कोरिया अहिले लगातार १० औं पटक विश्वकपमा सहभागी भएको थियो ।

कोरियाको सर्वाधिक सफल विश्वकप २००२ को हो। जतिबेला ब्राजिलले उपाधि जितेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको कोरिया बाँकी ८ विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन। २०१० मा अन्तिम १६ बाट बाहिरिएको थियो। २०२२ मा पनि अन्तिम १६ बाट उसले आफनो यात्रालाई विश्राम गरेको छ ।