images

स्पट फिक्सिङमा १० जनाको संलग्नता पुष्टि, अन्सारी र आलम पक्राउ

काठमाडौँ । नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।

सिआइबीले मंगलबार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी गरि १० जनाको संलग्नता रहेको बताएको हो।

फिक्सिङमा संलग्न ४ नेपालीमध्ये एकजना मात्र खेलाडी रहेका छन्। यसैगरी विदेशीमा पनि एक जना खेलाडी, ४ व्यवस्थापक र १ जना बाहिरी रहेको सिआइबीले जनाएको छ।

सिआइबीले हालसम्म दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम रहेका छन्।

 लिगमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको (सीआईबी) ले जनाएको छ ।

महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीले जनाएको छ ।

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो।