images
images

बुधबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य गिरावट आएको छ । मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले मंगलबार एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको थियो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS