images

थपिएका ८ मन्त्रीहरुले सपथ लिएसंगै बाग्मती प्रदेश सरकारले पायो पूर्णता

काठमाण्डौ । आज थप भएका मन्त्रीहरुले सपथ लिएसँगै बाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ ।

आज थप भएका ८ मन्त्रीहरुले सपथ लिएसँगै ११ सदस्यीय बाग्मती प्रदेश सरकारले पूर्णता पाएको हो । बुधबार नियुक्त भएका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि १४ सदस्यीय रहेको बाग्मती प्रदेशमा तीन वटा मन्त्रालय घटाएर ११ सदस्यीय कायम गरी मन्त्रिपरिषद विस्तार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बाग्मती प्रदेशमा एमाले र माओवादीले ४–४ तथा राप्रपाले ३ मन्त्रालय पाएका छन् ।

नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ ।