images

सर्भरमा समस्या आउँदा सबै सरकारी वेबसाइट बन्द

काठमाडौं । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् ।

सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

विहानदेखि नै सर्भरमा समस्या आएको र दिउँसोदेखि भने सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।