images

शेयर बजारमा उच्च अङ्कको गिरावट, कारोबार रकम २ अर्बमा खुम्चियो

काठमाडौं । मंगलबार पनि सेयर बजारले ओरालो यात्रा गरेको छ ।

आज नेप्से परिसूचक २१११ अंकमा ओर्लिएको छ । दिनभरको उतारचढावका बाबजुत कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा नेप्से १५.७४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ ।

जम्मा २ अर्ब ८२ करोडको कारोबार भयो । दिनभर कुल ५७ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ११ को स्थिर रहृयो ।

जलविद्युत् उपसमूह जम्मा ०.६ अंकमा हरियो रहृयो । अरु सबै उपसमूह ओर्लिए । बैंकिङ ११, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन २२, जीवन बीमा १२८, उत्पादन ४३, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३२, अन्य ९ र ब्यापार उपसमूह १३ अंक घटेको छ ।

बजार घट्दा पनि आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ७, लुम्बिनी जनरलको ६ तथा इस्टर्न हाइड्रोको ५ प्रतिशत मूल्य बढेको हो ।

प्राइम लाइफको मूल्य भने ५ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर, लुम्बिनी जनरल, गुरास लाइफ, एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।