images
images

सन्दीप लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।

दुई हप्ताअघि लामिछाने २० लाख रुपैयाँ धरौटी तिरेर थुना मुक्त भएका थिए ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो।

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने दुई आधार लिएर आज निवेदन दिएको रेग्मीले जानकारी दिनुभयो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS