images

नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरामा बसेको नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो ।

एसियन क्रिकेट काउन्सिल एसिसीले प्रतियोगिता आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको थियो । बोर्ड बैठकले एसीसीको प्रस्ताव पारित गर्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो । एकदिवसीय फम्र्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।

शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।

प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ । यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।