images

क्रिकेटर लामिछानेविरुद्ध आज सर्वोच्चमा सुनुवाइ , बन्द प्रशिक्षणमा सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ ।

किशोरी बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरिएको थियो ।

जसको पेसी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो ।

धरौटीमा छुटेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरिसकेको छ । उनलाई बन्द प्रशिक्षणमा समेत बोलाइएको छ ।