images
images

बलात्कार आरोपी लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको विरोधमा क्यानविरुद्ध प्रदर्शन, अध्यक्षको राजीनामा माग

 

काठमाडौँ । बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने विरुद्धको निलम्बन फुकुवा गरी राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको छ ।

क्यानको निलम्बनको फुकुवाको बिरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

बलात्कार अभियोग लागेपछि नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका लामिछानेलाई पोखरामा भएको बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। क्यानको यस्तो निर्णयविरुद्ध नै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’, ‘क्यान बलात्कार आरोपीको मतियार’, ‘क्यान कि क्यान नट’, ‘चतुर चन्दको चतुर्‍याइँ बलात्कारीको हर्ष बढाइँ’, ‘उता फिक्सिङ गराउने यता आरोपितलाई क्याम्पमा राख्ने’ जस्ता नारा लेखेका पम्प्लेट प्रदर्शन गरेका थिए।

सन्दीपलाई तत्काल राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरूको माग छ।

यस्तै, प्रदर्शनकारीहरुलेले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शीघ्र राजीनामा दिनुपर्ने माग समेत राखेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS