images

टर्की भूकम्पमा कोहि नेपाली परेका छैनन् : एनआरएनए

काठमाडौं । टर्कीमा सोमबार गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । अहिले सम्म सम्पर्कमा आएका कुनै पनि नेपाली भूकम्पमा नपरेको र सबै जना सुरक्षित रहेको जानकारी गराएको एनआरएनएले जनाएको हो ।

टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । थप विवरण भने संकलन भइरहेको एनआरएनएले उल्लेख गरेको छ । टर्कीमा कुनै नेपाली भूकम्पका कारण समस्यामा परेको भए सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।