images

आज २ जना कोरोना संक्रमणमुक्त, देशभर ६ जना सक्रिय संक्रमित

काठमाडौं । सोमबार कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।

गत २४ घण्टामा १२११ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

५२५ जनाको पीसीआर र ६८६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या शून्य रहेको मन्त्रालयले जनाएको हो ।

सोमबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।