images

बर्डफ्लू पुष्टि भएका तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरियो

काठमाडौँ । बर्डफ्लू पुष्टि भएका काठमाडौं उपत्यकाका तीन स्थानमा कुखुरा,अन्डा र रन दान नष्ट गरिएको छ ।

बर्डफ्लू पुष्टि भएपछि सम्भावित क्षति न्यूनीकरणका लागि ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र २५० केजी दाना, रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा र तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको पशु विभागले जनाएको छ ।

विभागक अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मन थाले पछि परिक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको थियो । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।

पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको छ ।