images

आजको मौसम : प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ ।