images
images

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र भारतको भिडन्त, जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । ​

बंगलादेशको ढाकामा हुने नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको आजको खेल जित्नैपर्ने दबाब रहेको छ।

पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४–० गोलको जितका साथ पुनरागमन गरेको थियो।

दुई खेलबाट तीन अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। भारत जारी प्रतियोगितामा अपराजित छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।

भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS