images

विदेश पठाइदिने प्रलोभनमा पारि ५७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ५७ लाख बढी ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका घर भइ हाल काठमाडौं टोखा बस्दै आएका ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना पठाइदिन्छु भन्दै भीमबहादुर रानासहित ७ जना व्यक्तिहरुसँग प्रतिव्यक्ति १० लाख उठाएका थिए । 

प्रहरीका अनुसार उनले सबैबाट गरि कुल ५७ लाख ५० हजार ठगी गरि फरार रहेका थिए । उनले सबैलाई सम्बन्धित देशमा पठाइ पानीजहाज लगायतका कम्पनीमा काम लगाइ मासिक १ लाख भन्दा बढी तलब हुने प्रलोभन समेत देखाएका थिए ।

श्रेष्ठलाई प्रहरीले सोमबार दिउँसो काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।