images

यू-२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशले भुटानलाई ५-० गोल अन्तरले हराएको हो।

 । नेपालले मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।