images

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित ४ देशको दावी

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दावी पेश गरेका छन् ।

विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेका हुन् ।

सन् २०३० को विश्वकप विशेष रहनेछ, किनकी विश्वकप सुरु भएको ठिक एक सय वर्ष पूरा हुनेछ । पहिलो पटक विश्वकप उरुग्वेमा १९३० मा आयोजना भएको थियो ।

यस अघि २०३० को विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छ ।

फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ । त्यसअघि २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ ।