images
images

राष्ट्रपतिले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

आज अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

निर्वाचनमार्फत नयाँ संसद र सरकार बनेपछि राष्ट्रपतिको सम्बोधन गर्ने व्यवस्था भएअनुसार आजको सम्बोधन हुन लागेको हो ।

आज नै साँझ ५ बजे संसदको दोस्रो बैठक बस्दैछ ।

राष्ट्रपतिले गर्ने सम्बोधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते चुनाव हुँदैछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS